हाम्रो गोल्धाप कृषि सहकारी संस्था द्वारा आयोजित तथा बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा, २०८२ वैशाख १९ गते सम्पन्न यो कार्यक्रमले स्वास्थ्यप्रति जनचेतना फैलाउँदै रोकथामका उपायहरूमा नयाँ आशा जगाएको छ।
कार्यक्रमबाट हल्दिबारी र बरदासी गाउँपालिकाका बासिन्दाहरू, सहकारी संस्थाका सदस्यहरू, संस्कार शिक्षा सदन, सनशाइन इङ्लिश स्कूल र चिल्ड्रेन्स गार्डेन एकेडेमीका विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।