Loader Logo
Health Camp

निःशुल्क स्वास्थ्य परामर्श सेवा तथा क्यान्सरसम्बन्धी जनचेतना ( वडा नं. ५ )

    निःशुल्क स्वास्थ्य परामर्श सेवा तथा क्यान्सरसम्बन्धी जनचेतना ( वडा नं. ५ )

    हाम्रो बिर्तामोड, स्वास्थ्य बिर्तामोड!

    बिर्तामोड नगरवासीहरूको स्वास्थ्य सुधार तथा क्यान्सरसम्बन्धी जनचेतना र स्क्रिनिङ सेवा प्रदान गर्ने उद्देश्य सहित बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल, पूर्वाञ्चल क्यान्सर अस्पताल, र बिर्तामोड नगरपालिकाको संयुक्त पहलमा स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम शुभारम्भ गरिएको छ।

    यो अभियान बिर्तामोड नगरपालिका वडा नं. ५ बाट सुरु भई नगरका सबै १० वडाहरूमा सञ्चालन गरिनेछ जसमा विभिन्न विभागका विशेषज्ञ डाक्टरहरूको निःशुल्क स्वास्थ्य परामर्श सेवा तथा क्यान्सरसम्बन्धी जनचेतना र प्रारम्भिक स्क्रिनिङ सेवा उपलब्ध गराइनेछ।