Loader Logo
Health Camp

बुद्धशान्ति वडा नं. ४ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न!

    बुद्धशान्ति वडा नं. ४ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न!

    बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल र बिर्ता लेडी जेसीजको सहकार्यमा बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरबाट १६७ जना स्थानीयवासीले सेवा लिएका थिए, जसमा ३८ महिलाको भिआईए (VIA) स्क्रिनिङ्ग गरिएको थियो।

    स्वास्थ्य शिविरमा बालरोग, हड्डीरोग, स्त्रीरोग, सामान्य चिकित्सा, क्यान्सर परीक्षण, इसीजी, भिआईए स्क्रिनिङ्ग तथा क्यान्सर सम्बन्धी जनचेतनामूलक सेवा प्रदान गरिएको थियो।

    यस शिविरले स्थानीयवासीको स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सहज बनाएको थियो।