सङ्गुरीगढी गाउँपालिका, खुवाफोक–३ मा निःशुल्क स्वास्थ्य शिविर — पहिलो दिन सफलतापूर्वक सम्पन्न!
बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटलको आयोजनामा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन सफलतापूर्वक सम्पन्न भएको छ।
सर्जरी, कान-नाक-घाँटी, प्रसूति तथा स्त्रीरोग, क्यान्सर विभागका विशेषज्ञहरूद्वारा जाँच तथा उपचारका साथै VIA स्क्रिनिङ र क्यान्सर जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
पहिलो दिनमै ३४२ जनाले निःशुल्क स्वास्थ्य सेवा लिने अवसर पाउनुभएकोमा हामी खुशी छौं।