बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटलको पहलमा अर्जुनधारा–४ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत स्त्रीरोग विशेषज्ञ OPD, VIA स्क्रिनिङ र क्यान्सर सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
स्वास्थ्य शिविरमा ७३ जनाले विभिन्न सेवाहरूको लाभ लिनुका साथै ४७ जना महिलाहरूको VIA स्क्रिनिङ सफलतापूर्वक सम्पन्न गरियो। यस अवसरमा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता देखिएको र स्वास्थ्य सचेतनामा उल्लेखनीय अभिवृद्धि भएको छ।