बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलको आयोजनामा बिर्तामोड नगरपालिका वडा नं. ४ कार्यालय परिसर, बिर्तामोड–झापामा सञ्चालित निःशुल्क छाला तथा यौन रोगसम्बन्धी स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविरबाट ५५ जना सेवाग्राहीहरूले विशेषज्ञ चिकित्सक टोलीबाट छालासम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्।