बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि., पूर्वाञ्चल क्यान्सर अस्पताल र बिर्तामोड नगरपालिकाको संयुक्त पहलमा बिर्तामोड नगरपालिका वडा नं. ४ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
सेवाग्राहीहरूले विभिन्न विभागका विशेषज्ञ चिकित्सक तथा मेडिकल स्टाफहरूद्वारा प्रदान गरिएका स्वास्थ्य सेवाहरू प्राप्त गर्नुभयो।