We provide the most full medical services, so every person could have
the
oportunity to receive qualitative medical help.
B & C Hospital
02, Jun 2025
बि एण्ड सी र पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा संयुक्त रुपमा आयोजित स्तन क्यान्सर सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
सशक्त महिला, सचेत समाज!
बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पतालको संयुक्त आयोजनामा सम्पन्न स्तन क्यान्सर सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
अस्पतालको सभाहलमा आयोजित यस कार्यक्रममा मिलिजुली स्वास्थ्य आमा समूह, बुद्धनगर आमा समूह, सुगम शान्ति महिला विकास संस्था, र महिला उद्यमी संघ झापा लगायत विभिन्न संस्थाहरूबाट ७० भन्दा बढी महिलाहरूको उत्साहजनक सहभागिता रह्यो।
कार्यक्रमको सहजकर्ता डा. मुक्ती देवकोटा (विभागीय प्रमुख, शल्य क्यान्सर विभाग) हुनुहुन्थ्यो। उहाँले स्तन स्वास्थ्य, प्रारम्भिक पहिचान, र क्यान्सरको रोकथाम सम्बन्धी अत्यन्त उपयोगी जानकारीहरू साझा गर्नुभयो।